अर्थ राजनीति ~ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट यार्सागुम्बाको अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले अवैध रुपमा राखिएको करिब ४ सय ६८ ग्राम यार्सागुम्बा समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा काठमाडौं सुकेधारा बस्ने सुर्खेतको बराहाताल गाउँपालिका-५ घर भएका ५५ वर्षीय शेरबहादुर थापा, काठमाडौं बूढानिलकण्ठ नगरपालिका-१० बस्ने संखुवासभाको चैनपुर नगरपालिका-२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौंको गोकर्णश्वर नगरपालिका-५ जोरपाटी बस्ने सिन्धुलीको दुधौली नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल परियार र काठमाडौंको गोकर्णश्वर नगरपालिका-४ माकलबारी बस्ने रामेछापको हिमगंगा गाउँपालिका-७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति