मोहन पाण्डेलाई कांग्रेसले सांसदमा सिफारिस गर्ने

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसले स्याङ्जा स्थायी घर भएका महासमिति सदस्य मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका सूर्यबहादुर केसीको निधन भएर रिक्त रहेको स्थानमा पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो । पाण्डेको नाम खस आर्यतर्फ क्र.स. १२ मा छ । कालीगण्डकी गाउँपालिका, स्याङ्जाका पाण्डे पहिलो संविधानसभामा सभासद थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्