९ जना कोरोना भाइरसका संक्रमित थपिए, संख्या २६७ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – देशमा कोरोना भाइरसका संक्रमित ९ जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालकका अलावा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु र काठमाडौं सतुंगलका ७ वर्षीय बालक छन् ।

मन्त्रालयले संक्रमितहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको जनाएको छ । देशमा पछिल्लो समय संक्रमित संख्या दिनहुँ बढ्ने क्रम देखिएको छ ।

संक्रमित बढेसँगै सरकारले रोकथामका लागि कडा नीति अपनाएको छ । लकडाउन कडा गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्