विदेशमा रहेका नेपालीको अवस्था बुझ्न जनसम्पर्क समितिलाई नेपाली कांग्रेसकाे निर्देशन

Machchapuchchre Bank

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी रहेका बेला विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभागले २६ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमार्फत् विदेशमा रहेका नेपालीको अवस्था कस्तो छ भन्ने बारेमा खोजीनिति सुरु गरेको हो।

कांग्रेस जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले भिडियो कन्फरेन्समार्फत् जनसम्पर्क समितिका सभापतिहरुले आफू बस्ने देशमा रहेका नेपालीहरुको अवस्था बुझेर जानकारी गराउन निर्देशन दिएका हुन् ।

कांग्रेसको अमेरिका, भारत, अमेरिका, बहराइन, बेल्जियम, मकाउ, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, यूएई, दक्षिण कोरिया, नर्वे, स्वीजरल्याण्ड, फ्रान्स, कतार, ओमन, इजरायल, हङकङ, मलेसिया, कुवेत, साइप्रसलगायत २६ देशमा जनसम्पर्क समिति छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्