रास्वपाको उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचन सुरु

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन् । प्रारम्भिक निर्वाचनको परिणाम आएपछि भदौ १५ गते उम्मेदवार घोषणा हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्