“पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ ” : प्रचण्ड

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए ।कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् ।’ उनले थपे, ‘गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।’ पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू जितेको भन्दै उनले त्यसलाई जनविश्वास पुन: प्राप्त हुँदै गएको उदाहरणको रुपमा ब्याख्या गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्