भीम रावलको कटाक्ष : “सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?”

Machchapuchchre Bank

Artharajniti  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुपर्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् । आज सामाजिक सञ्जाल एक्समा लेख्दै रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।  ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’ उनले लेखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्