माछापुच्छ्रे बैंक २५औं वर्षमा

Machchapuchchre
Artharajniti    ~  माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा तथा दसैं तिहारलाई लक्षित गरी क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ। बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई असोज ३० गतेसम्म छुट दिइने बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। बैंकले क्रेडिट कार्ड पनि पाँच वर्षका लागि एकमुष्ट २ हजार ४०० रुपैयाँमा प्रदान गर्ने जनाएको छ। विज्ञप्ति अनुसार बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्म छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्डमा पहिलो वर्ष २४% सम्म छुट दिनेछ। बैंकको वार्षिकोत्सव लक्षित योजनाअन्तर्गत असोज १६ र १७ गते बैंकका डेबिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरुबाट सामान खरिद गर्दा बिल भुक्तानीमा २४% वा अधिकतम १२४ रुपैयाँ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँ क्यासब्याक पाउनेछन्। बैंक असोज १७ गते २५औं वर्षमा प्रवेश गर्दैछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्