Artharajniti ~ उच्च प्रविधिको प्रयोग र विकाससँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबारमा समेत डिजिटल प्रविधिको प्रयोगले तीव्रता पाइरहेको छ । बैंकिङ कारोबारमा मात्र होइन, आजभोलि खुद्रा तथा थोक किनमेल, सबैखाले बिलको भुक्तानीमा समेत डिजिटल पेमेन्ट गेट वे (भुक्तानीका साधन) प्रयोग हुने गरेका छन् । ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, प्रभू्–पे, आईएमई पे जस्ता भुक्तानीका दर्जनौँ साधन यसैका उदाहरण हुन् । बदलिँदो युगसँगै आएका यस्ता भुक्तानीका डिजिटल माध्यमहरुले आर्थिक कारोबारमा निकै सहजता त ल्याएका छन् तर जोखिमविहीन भने छैनन् । डिजिटल प्लेटफर्मको विकास र प्रयोग बढेसँगै यता प्रविधिको जोखिम पनि उत्तिकै बढेर गएको छ । डिजिटल प्लेटफर्मको प्रयोगमा ह्याक हुनसक्ने खतरासँगै आफ्नो खाताको पैसा चोरी हुने, ओटीआर (वान टाइम रजिस्टर) नम्बरको दुरुपयोग हुनसक्ने र गलत व्यक्तिको खातामा पैसा जानेसम्मका जोखिम रहने गरेको छ । यस्तो घटनाबाट जोगिन डिजिटल बैंकिङ सेवा प्रयोगकर्तालाई उच्च सावधानी अपनाउन राष्ट्र बैंकले सचेत गराएको छ । केन्द्रीय बैंकले कुनै पनि भुक्तानी कारोबारलाई भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउनका लागि प्रणाली लगइन गर्दा र इलेक्ट्रोनिक पेमेन्ट ट्रान्जेक्सन अथेन्टिकेसन गर्दा कम्तीमा दुई तहको प्रमाणीकरण (टू फ्याक्टर अथेन्टिकेसन) सुनिश्चित हुने व्यवस्था मिलाउन भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । संस्थाले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट लगायतका उपकरणमार्फत भएका शंकास्पद कारोबारहरुको विवरण समेत वित्तीय जानकारी इकाईमा अविलम्ब उपलब्ध गराउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति