नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।
ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो ।
देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा। मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोतको दाबी छ ।
मंगलबारकै मन्त्रिपरिषद्मा सरुवा सम्बन्धी प्रस्ताव लैजाने तयारी भएपनि रोकिएको थियो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।
ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ ।प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।