अर्थ राजनीति ~ एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्घाटन गरे । सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए ।फोने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताएका छन् । हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनमा मात्रै उपलब्ध हुने बताइएको छ ।यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा ‘टयाप’ गरी सजिलै भुक्तानी प्रक्रिया पूरा हुनेछ भने व्यापारी तथा व्यवसायीले आफूसँग भएको ‘फोन पे बिजनेस एप’ बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति