एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने

Machchapuchchre

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ ।

सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ ।

राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्