अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो ।
गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता बैंकको ऋण लगानी भने १.६३ प्रतिशतले घटेर एक खर्ब २६ अर्बमा सीमित भएको छ ।
बैंकको निक्षेप ६.३१ प्रतिशतले बढेर एक खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ।
नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफामा समेत उच्च सुधार भएको छ । गत आर्थिक वर्षको वित्तीय कारोबारबाट बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशतले बढेर एक अर्ब ५६ करोड ८७ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
अघिल्लो वर्ष बैंकको यस्तो वितरणयोग्य नाफा ५९ करोड ७२ लाख रुपैयाँ मात्र थियो । बैंकको खराब कर्जा (एनपीएल) अनुपात १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ ।