अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।
साथसाथै आफूले संसद गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘संसदले नीति निर्माण गर्ने कुरामा ढिला भइराखेको’ पनि प्रधानमन्त्रीलाई बताएको परियारले जानकारी दिए ।