गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा मन नडुलाउनुस्

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भएपनि केही विषयमा कुरा नमिलेको बताए । ‘ सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म मज्जैले अगाडि लैजान सकौं भनेर’, डा. रिजालले भने । रिजालले अगाडि भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दलमा धेरै मन डुलाएजस्तो पाइयो, त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’उनले महामन्त्रीको कार्यतालिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘ ‘नेताहरुको जन्मजयन्ती र स्मृतिमा कार्यक्रम गर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ । प्रदेशले कुन प्रदेशमा कुन नेताका नाममा कार्यक्रम गर्ने भनेर काम गर्न सजिलो हुन्छ ।’ सहमहामन्त्रीलाई कलस्टर अनुसारको जिम्मेवारी दिनुपर्ने रिजालले बताए । शहर र राजमार्ग क्षेत्रमा कांग्रेसको मत घटेको भन्दै उनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्