बञ्चरेडाँडावासीद्वारा फोहोर विसर्जनमा रोक

Machchapuchchre

अर्थ राजनीति  ~  संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन् ।उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन् । ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए । ‘फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्‍यौं तर सहरी विकास मन्त्रालयको कानमा बतास लागेन,’ उनले  भने, ‘प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयनमा नआएपछि आन्दोलन बाध्यता बन्यो ।’

उनका अनुसार एक महिनाजति अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरूङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्षसमेतको बैठक भएको थियो। बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी दस दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारूकता नदेखाएको उनले बताए। ककनी गाउँपालिकाको १२ औं सभाले निर्णय गरेर फोहोरका कन्टेनरको प्रवेश शुल्क उठाउने तयारी गरेको थियो। साउन १ गतदेखि ठूला प्रतिगाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रूपैयाँ लिने तयारी गरेको थियो । फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गर्‍यो । आज नै पेसी तोकिएको छ ।त्यसकारण आन्दोलन निर्विकल्प भएको बजगाईंले बताए । ‘

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्