गौतमबुद्ध विमानस्थलमा श्रीलंकन र ड्रुक एयरले उडान गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकन र  भुटानको ड्रुक एयरले उडान गर्ने भएका छन्। भैरहवास्थित सिद्धार्थ होटल संघको संयोजकत्वमा श्रीलंकामा आयोजना भएको ट्राभल मार्टमा पर्यटन सचिव सुरेश अधिकारी र श्रीलंकन एयरलाइन्सका प्रतिनिधिबीच छलफल हुँदा गौतमबुद्ध विमानस्थलमा उडान गर्न तयार रहेको जानकारी दिएका थिए। ‘ट्राभलमार्टमा दुवै मुलुकका पर्यटन व्यवसायीवीच छलफल भएको थियो। त्यहाँ श्रीलंकन एयरलाइन्सका प्रतिनिधिसँग लुम्बिनी प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो,’ सचिव अधिकारीले भने,’हामीले यताबाट नेपाल वायुसेवा निगम र उताबाट श्रीलंकन एयरलाइन्सको उडान गर्ने विषयमा छलफल भएको छ।’ उनका अनुसार नेपाल वायुसेवा निगमको उडान प्रस्तावबारे श्रीलंकाबाट प्रतिकृया आउन बाँकी छ। मन्त्रालयको तर्फबाट श्रीलंकन एयरलाइन्सलाई सुरुमा साताको एउटा उडान भैरहवा गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए। भुटानको ड्रुक एयरले पनि  भैरहवामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ। ड्रुक एयरले पारो-गया-भैरहवा त्रिकोणात्मक उडानका लागि सम्भावित अध्ययन सुरु  गरिसकेको नेपालका लागि आधिकारी जीएसए डाँफे ट्राभलले जनाएको छ। ‘ड्रुक एयरले अध्ययन सुरु गरिसकेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्