नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीबारे सम्झौता

Machchapuchchre

अर्थ राजनीति  ~  विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स हेड मनीषा श्रेष्ठले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्