गोकुल बास्कोटा : “नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय, परिणाम सुन्ना “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए । उनले भने–‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज ल्याउनुभएको छ । अनि उल्टै अरूमाथि धारे हात लगाउनुपर्छ । नेतृत्वको जिम्मेवारी कसको ? सम्हालेर लैजाने जिम्मेवारी कसको ? अर्थतन्त्रमा देखिएका समस्याहरू, ब्याजदरमा देखिएका समस्याहरू, कृषिको उत्पादकत्व वृद्धिमा देखिएका समस्याहरू वितरण र व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरू, शीत भण्डारमा देखिएका कुराहरूलाई संवोधन गर्न यहाँ कुनै कुरा छ र ?’ सांसद बास्कोटाले उनले आफूले समातेको ताला चाबीको टुङ्गो नभएको तर अर्कोले के सल्लाह र सुझाव दियो भनेर झम्टिने काम भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्