कोरोनाकालको ब्याज र हर्जाना छुट गरिदिन निगमको अनुरोध

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै  निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा हालसम्म ऋणबापत २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ भुक्तानी गरिसकेको समेत जनाएको छ । साथै निगमले किस्ताको सङ्ख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्