अर्थ राजनीति ~ काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ ।विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो ।विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने विमानस्थल कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । सो समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति