अर्थ राजनीति ~ नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताउनुभयो । उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गर्नुभयो । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गर्नुभयो । उहाँले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताउनुभयो । उहाँले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताउनुभयो । सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली कांग्रेस रमिते बनेर बसिरहेको बताउनुभयो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति