अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौं सहिद र वेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हजारौं सहिदहरुका सपना दबाउँदैमा नदबिने बताए । ‘कार्ल माक्र्सले भन्या जस्तै कहाँ मर्छन् र सहिदहरु ? कहाँ बेपत्ता हुन्छन् र बेपत्ता योद्धाहरु ? ती इतिहासमा पटक पटक जीवित मान्छेलाई उत्प्रेरित गर्छन् । तिनीहरु कंकालबाट उठेर फेरि सडकमा जुलुस र नारा लगाएर निस्कन्छन्’ प्रचण्डले भने, ती हजारौं सहिदहरु ती हजारौं वेपत्ताहरु तिनका सपनाहरु बदनाम गराउन खोज्दैमा दबाउन खोज्दैमा दबिने छैन ।’ सबै माओवादी शक्तिहरु एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिने प्रचण्डले बताए । ‘माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ । एकचोटी माओवादीहरु एक भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु प्रतिक्रियावादी तत्वहरु कमजोर हुन्छन् । माओवादीले विजयको यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास बिल्कुल घटेको छैन’ प्रचण्डले बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति