ग्लोबल आईएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

Machchapuchchre

अर्थ राजनीति  ~  सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट  ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए । मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्