प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बार एशोसिएशनले  सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा  करिव एक वर्ष भन्दा लामो समयदेखि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमै चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासन अनुकूल मान्न नसकिने उल्लेख गरिएको छ । प्रधानन्यायाधीशको नियुक्तिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने सम्बन्धित निकाय तथा पदाधिकारीहरुले आफ्नो दायित्व पूरा नगरी न्यायपालिका कायम मुकायमकै नेतृत्वबाट चल्नु परिरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘अतः प्रधान न्यायाधीशको नियुक्ति प्रकृया अविलम्ब शुरु गरी प्रधान न्यायाधीशको नियुक्ति गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरुको नेपाल बार एशोसिएशन ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्