अर्थ राजनीति ~ हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले फागुन १२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्ति पश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् । प्राप्ति पश्चात बैंकको रष्टिर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । हिमालयन बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूको सिष्टम अपग्रेसन तथा डाटा माईग्रेसनका लागि फागुन ८ गते, फागुन १० गते र फागुन ११ गते सन्ध्याकालिन काउन्टर सेवा बन्द हुनेछ । साथै सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालयहरू फागुन ८ गतेदेखि ११ गतेसम्म बन्द हुने जानकारी समेत बैंकले दिएको छ । सिभिल बैंकको शाखा कार्यालयहरू फागुन ७ गते भने सुचारु हुुनेछ । एकिकृत कारोबार पश्चात् सिभिल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएकाले नजिकको सिभिल बैंकको शाखामा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ । प्राप्ति प्रक्रिया पुरा गर्नु अघिनै दुबै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फतनै दुबै बैंकले लाभांश प्रस्ताव पारित गरेको हो । यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४३ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ। त्यस्तै हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति