अर्थ राजनीति ~ लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट आएको निर्देशनले प्रशासनमा राम्रो सन्देश नदिने बताउनुभएको हो । प्रशासनमा भइरहेको समस्याको खोजी गरी त्यसको समाधान गर्ने र आवश्यक सामग्री र जनशक्तिको पहिचानपछि मात्रै यस्ता निर्देशनहरु दिनु उपयुक्त हुने उहाँको भनाइ छ । नीति परिवर्तन नभई प्रधानमन्त्रीको निर्देशनले मात्रै प्रशासन चल्न नसक्ने भन्दै सरकारले कमी भएका नीतिलाई पूर्ण बनाउनुपर्ने जोड पूर्व अध्यक्ष मैनालीको छ । नयाँ सरकारले अचानक निर्देशन दिने भन्दापनि पहिला कर्मचारी र प्रशासनका समस्या समाधानका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । सरकार र कर्मचारीबीच मित्रवत व्यवहार हुनुपर्ने भन्दै उहाँले एकअर्काले हातेमालो गरेर जानुको विकल्प नरहेको बताउनु भयो । प्रशासनमा देखिएका समस्या समाधानको लागि कुनै समिति बनाएर अघि बढ्न सरकारलाई उहाँको सुझाव छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति