अर्थ राजनीति ~ सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते, सोमवार बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दिन सङ्घीय संसद्का दुवै सदनको अधिवेशन बोलाएको संसद्का प्रवक्ताले जानकारी दिएका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसअनुसार उक्त दिन दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बताए। बैठकअघि सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गरिने संसद् सचिवालयले जनाएको छ। यस विषयमा सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने,”सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिले पहिलो बैठकमा पेस गर्ने विषयहरूको सम्बन्धमा छलफल तथा परामर्श गर्नेछन्।”सामान्यतया सङ्घीय सदनको पहिलो बैठकमा प्रायः शहीदहरूको सम्झनामा मौनधारण गर्ने चलन छ। त्यस दिन सबै दलका नेताहरूले सदनमा सम्बोधन गर्ने गरेका छन्।पहिलो दिन राष्ट्रपतिले आह्वान गरेको पत्र र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर पनि सुनाइन्छ। त्यसपछि अन्तरिम नियमावली सदनमा अगाडि बढाउन प्रस्ताव गरिन्छ र त्यसलाई पारित गर्ने काम हुने प्रवक्ता पाण्डेले बताए।”उक्त नियमावली पारित भएपछि त्यसैमा समाविष्ट मुद्दा, नियम र कानुनका आधारमा सांसदहरूको कामकारबाही अघि बढ्छ,” उनले भने। यी अभ्यासमा रहेका प्रचलनबाहेक अहिले गठन भएको संसद्का केही महत्त्वपूर्ण कार्यभार पनि छन्। संचारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको बताउनुभएकाे हाे । सबै तयारी समेत पूरा भइसकेको उहाँकाे भनाइ छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति