एजेन्सी- रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ ।
यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह सञ्चारमन्त्री अलेक्सी सोकोलोभले भने ‘परीक्षणले इन्टरनेट सेवाग्राही र सेवा प्रदायकहरुले साइबर खतराको प्रतिक्रिया गर्न सक्ने देखाएको छ,’ । यस प्रकिृयामा जस्तो सुकै अवस्थामा पनि आफ्नो इन्टरनेटको सुरक्षादेखि प्रयोगकर्ताको सुरक्षासमेत जाँचिएको छ ।
रुसी इन्टरनेट अधिकारीहरुले भने सरकारले आफ्नो छुट्टै इन्टरनेट ल्याएको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले आफूहरुलाई विश्व इन्टरनेटबाट जुनसुकै बेला छुट्याने र यसले पूरै देशलाई हटाउन सक्ने भन्दै गम्भिर भएका छन् ।
यसै वर्षको मे १ मा रुसी राष्ट्रपति भ्लादमीर पुटिनले इन्टरनेटसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । उनले ‘विश्वव्यापी इन्टरनेटको देशव्यापी विकल्पका रुपमा सार्वभौम इन्टरनेटको विकास’ गरिएको बताएका थिए । यसैअनुसार रुसका इन्टरनेट सेवा प्रदायकहरुले केन्द्रीय डाटा नियन्त्रक उपकरण इन्सटल गरेका थिए ।
गत मार्चमा रुसको राजधानी मस्कोमा यसका विरुद्ध प्रदर्शनसमेत भएको थियो । प्रदर्शनकर्ताहरुले ‘इन्टरनेट बन्द’ भन्ने नाराका साथ विश्व इन्टरनेट सञ्जालबाट रुसलाई हटाउन खोजेकोमा खेद व्यक्त गरेका थिए । तर, पुटिनले भने यसको बचाउ गर्दै देशमा इन्टरनेट सेवा बन्द नहुने बताएका छन् ।