ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंकसँग आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ग्लोबल आइएमई बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि ग्राहकले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आइएमई बैंकमार्फत १२.९९ प्रतिशत ब्याजदरमा फाइनान्स गर्न सक्नेछन् । यो योजना अन्तर्गत खरिद गरिएका सवारी साधन ३ दिन भित्रमा उपलब्ध गराइनेछ । ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डूसँगको मर्जर पूरा गरेपछि चुक्ता पुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ । ग्राहकले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुमबाट प्रक्रिया अगाडि बढाउन सक्नेछन् । हुन्डाईको कोना र आयोनिक ५ नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौतासँगै ग्राहकले दुवै विकल्प सजिलै खरिद गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारी प्रेमीलाई सवारी साधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्