अर्थ राजनीति ~ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय भयो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं’, पत्रकारसंगको कुराकानीमा खनालले भने, ‘पार्टीले आफ्नै नेता, कार्यकर्ता र आफ्नो सरकार सञ्चालन गर्न नसकेर अन्यथा ढंगले पार्टी परिचालित हुने स्थिति आयो भने त्यस्ता पार्टीहरूको भविष्य सकिन्छ ।’पार्टीले नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई नामै बुझाएर शपथको तयारी भइरहेका बेला परिवर्तन हुन लागेका मन्त्रीहरुले असन्तुष्टि जनाउदै अर्को पार्टीका नेतासँग हारगुहार मागेपछि शपथ रोकिएको थियो । किन बन्यो मन्त्री हेरफेरको निर्णय विवादित ? के अब पुरानै मन्त्रीले निरन्तरता पाउने हुन् ? भनेर नेकपा समाजवादीका सम्मानित नेता खनाललाई प्रश्न गर्दा , उनि भन्छन् , ” मन्त्री हेरफेरको निर्णय कुनै पनि हालतमा कच्चा निर्णय होइन । यो सुविचारित ढंगले गरेको परिपक्व निर्णय हो, साथै पार्टीको अधिकारको विषय पनि हो । तर कार्यान्वयन किन भएन भन्नेबारेमा हामी छलफल, अध्ययन र अनुसन्धानको प्रक्रियामा छौं ।”
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति