” लोसपा गठबन्धनमा आए स्वागत गर्छौं ” : उपेन्द्र यादव

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ,’ बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’ उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए । अध्यक्ष यादवले मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा लोसपाका नेताहरूलाई एकतामा आउन आह्वान गरेका थिए । अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए । ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस्’ उनले भने, ‘भलै कुनै पार्टीलाई कतै नोक्सान त कतै फाइदा पनि हुन्छ ।’अध्यक्ष यादवले लोकतन्त्रमा रहेको संकटबाट गठबन्धनले बचाउँदै मुलुकलाई ट्रयाकमा ल्याउन सफल भएको पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्