अर्थ राजनीति ~ विश्व अर्थतन्त्रले विभिन्न समयमा भयंकर आर्थिक संकटको सामना गर्दै आएको छ। त्यसैगरी, संकटमा अभाव पनि हुन्छ। पर्याप्त कोषको कमी वा व्यवसायहरूले आर्थिक गतिविधिहरु सुचारु राख्नका लागि आवश्यक रहने न्यूनतम तरलताको अभाव गम्भीर समस्या बन्न पुग्छ। तरलता अभाव तरलता संकटको पहिलो कदम हो। सााधारणतया, अर्थतन्त्रमा तरलताको प्रवाह आर्थिक गतिविधिहरूलाई दिगो बनाउन र अर्थतन्त्रमा कोषको उपलब्धताको सुनिश्चितताका लागि अपरिहार्य रहेको हुन्छ। तरलता भन्नाले बैंकको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतालाई दर्शाउँछ। छोटो सूचनाभित्र सजिलैसँग नगदमा रूपान्तरण गर्न सकिने नगद वा वित्तीय सम्पत्तिको उपलब्धतालाई तरलताको पर्याप्तता भनिन्छ। न्यूनतम घाटाको साथ छिटो बेच्न सकिने धितोहरू यसअन्र्तगत पर्दछन्। यसको अर्थ, यसमा उच्च क्रेडिट योग्य धितोहरू र अल्पकालीन परिपक्वता भएका सरकारी बिलहरू समेत समावेश गरिएका हुन्छन्। तरलताले बैंकहरूको सुरक्षा मार्जिन सुनिश्चित गर्नुका साथै अर्थतन्त्रमा कुनै पनि प्रकारको संकट आउनबाट बचाउँछन्। बैंकहरूले डिमान्ड डिपोजिट र छोटो अवधिको कोषहरू निर्माण गर्ने भएकाले दीर्घ परिपक्वतामा ऋण प्रदान गर्दछन्, जसको कारणले तरलताको जोखिम न्यून हुन जान्छ। नेपालको सन्दर्भमा, हामी पटक पटक तरलता अभावको चपेटामा परेका छौं। सन् २०१० मा जग्गा प्लटिङ र आवास व्यवसायको कारण तरलता अभाव निम्तिएको थियो। उक्त समयमा बैंक तथा वित्तीय संस्थाले हर कोहीलाई अनियन्त्रित ढंगमा घरजग्गा कर्जा प्रवाह गरेका हुनाले केन्द्रीय बैंक एवं सरकारले घरजग्गा कर्जा प्रवाह एवं भूमिसुधार ऐनसम्बन्धी ठोस कदम चाल्नु परेको थियो। बैंक तथा वित्तीय संस्थाहरूमा कर्जायोग्य कोषको अभाव केही वर्षयता देखि नै पटक–पटक उठ्ने गरेको समस्या हो । यसैकारणले आज बारम्बार त्यस्ता अभावहरूबाट बच्न सक्ने उपाय खोज्न र मूल्याङ्कन गर्न आवश्यक रहेको छ । आगामी दिनमा सरकार, केन्द्रीय बैंक, वित्तीय संस्था, सर्वसाधारण उपभोक्ता र अन्य सरोकारवालाहरूले अर्थतन्त्रमा यस्तो संकट आउनुअगावै एकताबद्ध भएर ठोस कदम चाल्न अपरिहार्य रहेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति