अर्थ राजनीति ~ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षभरी नै निक्षेपको ब्याज दर स्थिर राख्ने भएका छन्। ब्याज दर वृद्धिले थप निक्षेप नआउने बरु बजारमा उल्टो नकारात्मक असर पर्ने विश्लेषण गरेर बैंकहरुले चालु वर्ष ब्याज नबढाउने भएका हुन्।’औपचारिक/अनौपचारिक सहमति केही पनि भएको होइन, तर बढाउँदा फाइदा छैन भनेर कसैले पनि नबढाउने भन्ने स्वस्फूर्त सहमति भएजस्तै हो’ एक बैंकरले भने, ‘यसबाट उद्यमी व्यवसायीलाई थप दबाब पर्दैन।’ बैंकहरुको पछिल्लो समय निक्षेप बढ्नेभन्दा पनि घट्ने नै गरेको छ। निक्षेपमा सुधार भइहाले पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत माथि नै छ। पछिल्लो असोजदेखि ब्याज वृद्धिमा आक्रमक नीति लिएपनि निक्षेप सुधारमा काम नगरेपछि सुरुमा राष्ट्र बैंकको हस्तक्षेप र पछि आफ्नै सहमति गरेर ब्याज बृद्धि रोकिएको छ। तैपनि तीन महिनाअघि ब्याज बढाएर बैंकहरुले साधारण मुद्दतिमा ११.०३, रेमिटेन्समा १२.०३ र संस्थागतमा १०.०३ प्रतिशत पुर्याएका छन्। साधारण बचतको ब्याज दर साधारण मुद्दतिको भन्दा बढिमा ५ प्रतिशत मात्र कम हुनु पर्ने व्यवस्था छ। यस कारण अहिले ब्याज दर स्थिर नै छ। तर, मुद्दति निक्षेप नवीकरण र नयाँ आउने भएसँगै बैंकहरुको कोष लागत भने बढिरहेको छ। बढ्दो लागतले आधार दर उक्लिरहेको छ। त्यसैले नयाँ र नवीकरण हुने ऋणको ब्याज पनि बढिरहेको छ। पछिल्लो समय स्थिर ब्याजमा काम गरेकाहरुलाई मात्र लागत कम परेको छ। आधार दर गत जेठबाट बढ्न थालेको हो। जेठमा ६.६६ प्रतिशत रहेको आधार दर चैत मसान्तसम्म आइपुग्दा ९.१७ प्रतिशत पुगिसकेको छ। यो भनेको २.५१ प्रतिशत विन्दुले बढी हो। आधार दर अढाइ प्रतिशत बिन्दु हाराहारी बढेको देखिएपनि पछिल्लो समय बैंकहरुले स्प्रेड दर वृद्धि गरेर लगेकाले ऋण अझ महँगो हुन थालेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति