तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जनाएको  छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ७०० रुपैयाँ छ । यस्तै, जेठ १ गते तोलामा ९६ हजार रुपैयाँ कारोबार मूल्य रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्