” उहिले केशरजंग रायमाझी अहिले माधव–प्रचण्ड ” : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका हुन् । ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे’, अध्यक्ष ओलीले भने,  ‘तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्‍याए ।’ अध्यक्ष ओलीले विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको प्रसङ्ग निकाल्दै रायमाझी पथमा माधव प्रचण्ड लागेको बताए । ‘अहिले हेर्‍यो भने त्यही ०१७ सालको इतिहास दोहोर्‍याउन खोजेको देखिन्छ । अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ’, उनले भने, ‘प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् । उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी  समेत गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्