आज साझ ५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

Machchapuchchre

अर्थ राजनीति  ~  निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ । सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ । तर सोमबार दिउँसो १२ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यमा गरी साढे १६ हजार जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ । सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ । तर सोमबार दिउँसो १२ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यमा गरी साढे १६ हजार जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्