खराब कर्जा खटाउन सफल भएसँगै एनएमबि बैंकको नाफामा वृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमासससम्म एनएमबि बैंक लिमिटेडले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ९१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म उक्त नाफा २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ थियो । कम्पनीले खराब कर्जा घटाएको छ । उक्त कर्जा घटाउँदा पनि बैंकलाई नाफा वृद्धिमा सहयोग पुगेको हो । एक वर्षको अवधिमा खराब कर्जा शुन्य दशमलव ५१ प्रतिशत घटाएको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकको खराब कर्जा १ दशमलव ९७ भएकोमा चालू आवको सोही अवधिमा उक्त कर्जा घटाएर १ दशमलव ४६ कायम भएको छ । त्यसैगरी चालू आवको चैत मसान्तसम्म बैंकको जगेडा कोष ५ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ रकम जम्मा भएको छ । गत आवको अन्त्यसम्म यो कोषमा ५ अर्ब १० करोड २४ लाख रूपैयाँ जम्मा थियो । त्यसैगरी बैंकको वितरण योग्य मुनाफा भने कमी आएको छ । यो बैंकको चालू आवको तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । तर गत आवको सोही अवधिसम्म यो बैंकको वितरण योग्य नाफा २ अर्ब २७ करोड रूपैयाँ थियो । एक वर्षको अवधिमा यो बैंकको वितरण योग्य मुनाफा ९४ करोड ६८ लाख घटेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्