अर्थ राजनीति ~ युक्रेन र रुसको युद्ध जारी छ । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् ।हामीसँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै उनले युक्रेनका रुसी भाषीहरुको संरक्षण र सोभियतकालीन छिमेकीलाई मस्को विरुद्धका शत्रु बन्न नदिनु आफ्नो लक्ष्य भएको प्रष्ट पारेका छन् । “सकेसम्म कम क्षतिमा हामीले तय गरेका लक्ष्यहरु लयवद्ध रुपमा प्राप्त हुनेछ” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका लक्ष्यहरु प्रष्ट र महान रहेको भन्दै ती लक्ष्यहरु भेटिनेमा कुनै पनि सन्देह नरहेको जिकीर पनि गरेका छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति