निलम्बित प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई पदक

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए । त्यो सूचीमा पहिलो प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेका अरु ४ न्यायाधीश समेत छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले पनि पदक पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्