अर्थ राजनीति ~ आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारका आंकाक्षीहरु बढ्न थालेका छन् । देशको धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने नाममा चलचित्र अभिनेता भुवन केसीदेखि पूर्वडीआइजी रमेश खरेलसम्म चर्चामा छन् । केही स्वतन्त्र उम्मेदवारहरूले पनि निर्वाचनको मिति घोषणालगत्तै आफूलाई मेयरको उम्मेदवारका रूपमा चिनाउँदै मतदाता रिझाउने अभियान सुरु गरेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए । ठूला दलहरू काँग्रेस, माओवादी केन्द्र एकल ढंगले चुनावी प्रतिस्पर्धामा थिए । एमालेबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी विजयी भएका थिए । २०७४ सालको स्थानीय तहको चुनावमा २ लाख ७९ हजार ३९ मतदाता थिए । अहिले काठमाडौँ महानगरपालिकामा २०७८ सालमा ३ लाख २४२ मतदाता छन् । बितेको ५ वर्षमा काठमाडौँ महानगरमा २० हजार ९३३ नयाँ मतदाता थपिएका छन् । उम्मेदवार बन्नका लागि साना पार्टी र स्वतन्त्र उम्मेदवारको हानथाप देखिए पनि मुख्य प्रतिस्पर्धा चाहिँ काँग्रेस र एमालेकै बीचमा हुने देखिन्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति