बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए

Machchapuchchre

अर्थ राजनीति  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभावकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहहरू नयाँ ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अन्तर (सीडी रेसियो) ९० दशमलव ५८ प्रतिशत छ । यसले पनि अहिले बैंकहरू चरम तरलता अभावमा छन् भन्ने संकेत गर्छ । राष्ट्र बैंकले बैंकहरूलाई सीडी रेसियो असार मसान्तसम्म ९० प्रतिशतभन्दा तल झार्न दिर्देशन दिएको छ । तर, अहिलेसम्म यी बैंकहरूले सीडी रेसियो राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्न सकेका छैनन् । तर, चैत २२ गते एक दिनमा बैंकहरूमा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । उक्त दिन वाणिज्य बैंकहरूमा मात्र ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । तर, यतिधेरै बैंक तथा वित्तीय संस्थाहरूमा ५ अर्ब रुपैयाँ हातिको मुखमा जिराजस्तै हुने बैंकर बताउँछन् । हालसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४७ खर्ब २ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । यसमध्ये वाणिज्य बैंकहरूको मात्र ४३ खर्ब ४३ अर्ब निक्षेप संकलन र ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्