” महिलाहरू नेतृत्वमा आए पारदर्शिता र सुशासन कायम हुन्छ ” : अर्थमन्त्री

Machchapuchchre

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले महिलाहरूले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए ।‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उनले भने, ‘महिलाहरूलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि ग¥यो भने समाजलाई शिक्षित बनाउने अभियान छिट्टै हाँसिल हुने मेलै देखेको छु ।’ उहाँले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राखेका थिए । उनले महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताए ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गर्नुभयो । उनले प्रत्येक प्रदेशमा प्रसूति अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनुपर्नेलगायतका सुझाव दिनुभयो । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २ दर्जन महिला नेतृ, अभियान्ता, सञ्चारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्