अर्थ राजनीति ~ वर्तमान सरकारका गठबन्धन दलहरुबिच स्थानिय तहको निर्वाचनमा पनि सहकार्य हुने गठबन्धन घटक नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । मंगलबार साझ भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग आफ्ना धारणा राख्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘गफाडिहरु, प्रतिगमनकारिहरुलाई परास्त गर्नु नै मुल उदेश्य हो । यसैले सरकारमा सहभागी दलहरुबिच स्थानिय निर्वाचनमा सहकार्य हुन्छ, गठबन्धन हुन्छ ।’अध्यक्ष नेपालले गठबन्धन पाटिको स्थानिय कमिटिको निर्णयलाई प्राथमिकता दिईने समेत बताए । उनले भने,‘यहि रुपन्देहीमा जिल्ला स्तरिय नेतृत्वले सरकारमा सहभागी दलहरुबिच गठबन्धन गर्नेगरि तयारि गर्नुभएको छ । देशैभर यस्तै छलफल चलिहरेको छ । यसैले समय पनि छैन , केही दिनमै गठबन्धनको तर्फबाट साझा उमेदवार पनि घोषणा हुन्छ।’अध्यक्ष नेपालले बैज्ञानिक ढंगले हिजोको मतको विह्लेषण गर्दै दलिय उमेदावर छानि साझा रुपमा घोषणा समेत गरिने बताए । पार्टीको प्रदेश सचिव राजु गुरुङ, लुम्बिनी प्रदेश सरकारको मन्त्री रमा घर्ती, नेता सिद्धिचरण भट्टराई लगायतको आतिथ्यता रहेको उक्त पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले एकीकृत समाजवादि पाटिमा जनलहर बढ्दै आएको समेत दावी गरे ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति