अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बैंकले १० चैतमा उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमुना मावि गुरुङचौरीमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैंकका सहायक निर्देशक निर्जल घिमिरेले ग्रामिण क्षेत्रमा रहेका मानिसको बैंक तथा वित्तीय संस्थासम्म पहुँच बढाउने र बैंकिङ कारोवारका लागि लक्षित समुहलाई अभ्यस्त बनाउन बैंक खाता, बचतको आवश्यकताका बारेमा जानकारी दिएका थिए । त्यसैगरी बैंक खाताको फाइदा, कर्जा र कर्जाको सहि सदुपयोग, बिमाको महत्व, विप्रेषण पठाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, विभिन्न संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा स्थानीय सहभागी थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति