अर्थ राजनीति ~ संस्थागत निक्षेपको ब्याजदरलाई ६ प्रतिशतमा ल्याएर कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्नेसहितका बिभिन्न माग राख्दै विराटनगरका उद्योगीव्यवसायीले राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझाएका छन्। मोरङ व्यापार संघको नेतृत्वमा राष्ट्रबैंकको विराटनगर कार्यालय पुगेका व्यवसायीहरुको तर्फबाट अध्यक्ष नवीन रिजालले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउन जाँदा व्यवसायी र राष्ट्र बैंकको शाखाको गेटमा तैनाथ सुरक्षाकर्मीबीच मंगलबार ठेलमठेल भएको छ। व्यवसायीहरू शाखाका प्रमुख मीना पाण्डेलाई ज्ञापनपत्र बुझाउन हातमा कालोपट्टी बाँधेर तथा प्लेकार्ड बोकेर पुगेका थिए। सुरक्षाकर्मीले कालोपट्टी र प्लेकार्डका साथमा प्रमुखका कार्यकक्षमा जान नपाइने भन्दै रोकेपछि आपसमा ठेलमठेल भएको हो। संघका अध्यक्ष रिजालले राष्ट्र बैंकको मूल गेटमा सुरक्षाकर्मीबाट दुर्व्यवहार भएको आरोप लगाए। भित्र जान नदिएपछि व्यवसायीहरू गेटमै उभिएर नाराबाजी गरेका थिए। आधा घण्टासम्म व्यवसायीले नाराबाजी गर्दा पनि प्रमुख पाण्डे नआएपछि उनीहरू गेटमा धर्ना बसे। धर्ना बसेको १५ मिनटपछि बाहिर आएकी पाण्डेलाई संघ अध्यक्ष रिजालले ज्ञापनपत्र बुझाएका हुन्। संस्थागत निक्षेपको ब्याजदरलाई ६ प्रतिशतमा ल्याएर कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउन ज्ञापनपत्रमा आग्रह गरिएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति