” बाम शक्तिलाई एकताबद्ध बनाउँछौं ” : नेपाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम शक्तिलाई एकताबद्ध बनाउने बताएका छन् । शनिबार एकीकृत समाजवादीको धादिङको गल्छी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा मिलेर जाने प्रयास गर्ने बताए । उनले भने, ‘सबैलाई साथमा लिएर जाने हाम्रो प्रयास हुनेछ । वाम शक्तिलाई एकताबद्ध बनाउने हाम्रो उद्देश्य हुनेछ ।’स्थानीय चुनावमा तालमेल हुने ठाउँमा तालमेल गर्ने र नभएको ठाउँमा एक्लै लड्ने उनले बताए । ‘कसैसँग तालमेल भयो भने तालमेल गरौंला । एउटा वडामा एउटालाई अध्यक्ष, अर्कोलाई सदस्य मिलाऔंला । एक्लै जित्ने ठाउँमा एक्लै पनि लड्नेछौं,’ उनले भने । त्यसका लागि तयारीमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए । नेकपा (एमाले)लाई भने आगामी चुनावमा पराजित गर्ने उनको भनाइ थियो । ‘राष्ट्रियसभाका १९ वटा सिटमा चुनाव भयो, त्यसमा १८ वटा सिटमा जितेर केपी ओलीको पार्टीलाई धुलो चटाइदियौं । त्यो पार्टीको भविष्य छैन,’ उनले भने । कमजोर बन्दै गएको महसुश भएर नै एमाले नेताहरू गालीगलौजमा उत्रिएको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्