अर्थ राजनीति ~ सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन तोड्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल बनाएको बताएका छन् । बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकी सहायता परियोजनाका नाममा ओलीले गठबन्धन फुटाउने प्रयास गरे पनि त्यसलाई आफूहरूले विफल बनाएको बताएका हुन् । ‘एमसीसीका नाममा गठबन्धनमा अविश्वास पैदा गर्ने र गठबन्धन तोड्ने भयंकर षड्यन्त्र भएको थियो,’ उनले भने, ‘त्यसलाई हामीले विफल पार्न सफल भयौँ ।’ अध्यक्ष नेपालले एमसीसी पास गर्न एमालेले निसर्त समर्थन गरेको बताए । ‘अध्यक्ष ओलीले नै संसदमा एमसीसी पारित गर्ने प्रस्ताव लगेका हुन् । र, एमसीसीमा नि:सर्त समर्थन जनाए । तर, हामीले संशोधनपछि मात्रै समर्थन जनायौँ,’ उनले भने ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति