अर्थ राजनीति ~ अमेरिका, बेलायतसहित पश्चिमा देशले रुसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका छन्। युक्रेनमाथिको आक्रमणपछि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइए पनि यो ठूलो निर्णय हो। युरोपेली युनियनले पनि रुसी ग्यास तथा इन्धनमा रहको निर्भरता अन्त्य गरिनुपर्ने जनाएको छ। रुसका लागि ऊर्जा निर्यात राजस्वको एक महत्त्वपूर्ण हिस्सा भएकाले त्यसको असर पश्चिमा देशमा उपभोक्ताहरूलाई पनि असर पर्नेछ। यसैबीच, म्याकडोनाल्ड, कोकाकोला लगायत ठूला ब्रान्डहरू रुसबाट बाहिरिन थालेका छन्। रुसको अर्थतन्त्र ऊर्जा उत्पादनले धानेको छ। साउदी अरेबिया र अमेरिकापछि रुस विश्कै तेस्रो ठूलो तेल उत्पादक हो। रुसले यो निर्णयलाई विश्व अर्थतन्त्रकै लागि ‘विनाशकारी’ भएको प्रतिक्रिया दिएको छ। उसले जर्मनीबाट हुने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी पनि दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार सम्बोधन गर्दै रुसी ऊर्जा उत्पादनको आयातमा प्रतिबन्ध लगाएर ‘रुसी अर्थतन्त्रको मुख्य धमनी’ प्रभावित बनाउने बताएका थिए। ‘हामी रुसी तेल र ग्यास तथा ऊर्जा आयातमा प्रतिबन्ध लगाइरहेका छौं,’ ह्वाइट हाउसमा सम्बोधन गर्दै उनले भने, ‘रुसी तेल अब अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन। अमेरिकी जनताले पुटिनको युद्ध मेसिनलाई शक्तिशाली प्रहार गर्नेछन्।’ यो कदमले अमेरिकामा ग्यासको मूल्य बढ्न सक्ने भए पनि रुसको अर्थव्यवस्थामा प्रतिबन्धको दबाब बढाउन आवश्यक रहेको उनको भनाइ थियो। अर्थतन्त्रका जानकारहरुले रुस-युक्रेन युद्ध र पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धको असर विश्वव्यापी पर्ने बताएका छन्। युरोप ग्यास, तेल तथा कोइलाका लागि रुसमाथि निर्भर छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति