बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वरबाट पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्‍ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अधिकारीले न्‍यूरोडस्थित नेपाल बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । तारकेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा अधिकारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्